News Portal

  • सूर्या लाइफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७८
    ६९३ पटक
    १७ फागुन, २०७८

    कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
    यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा कायम हुने र बीमा व्यवसाय वृद्धि हुने प्रशिक्षार्थी अनिता गैरे बताउँछिन् । कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को माघ मसान्त सम्ममा उत्कृष्ठ काम गरेका व्यक्ति र टीमलाई सम्मान गरेको छ ।
    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बीमा व्यवसायको हालको अवस्था, बीमाका फाईदा, बीमाको बजारीकरण लगायतका बारेमा चर्चा गरेका थिए । उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, पश्चिम मार्केटिङ्ग प्रमुख शैलेस कुमार श्रेष्ठ, एरिया शाखा प्रमुख रविन्द्र हमाल लगायतको उपस्थितीममा सम्पन्न भएको हो ।
    कार्यक्रममा बाँके र बर्दियामा कार्य क्षेत्र बनाई काम गरिरहेका अभिकर्ता र एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्