रूपन्देही। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,र तालिम बिभाग प्रमुख कुबेर पाठकले उक्त शाखाको औपचारिक समुदघाटन गरेका हुन् ।
समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताए । उनले सिटिजन लाईफ इन्सुरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए । ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’
त्यस्तै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए । उनले इन्स्योरेन्स कम्पनीले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियानकै रुपमा लाग्नु पर्नेमा जोड दिए।
सिटिजन लाइफ इन्स्योरेन्सले फर्साटिकरमा संचालनमा ल्यायो नयाँ शाखा
आर्थीकसंसार संवाददाता१७ फागुन, २०७८
१७ फागुन, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक