News Portal

  • एनएमबिका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७८
    ७२३ पटक
    १६ फागुन, २०७८

    काठमाडाैं । एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरसँग द्विपक्षीय सम्झाैता गरेको छ ।
    सम्झाैतापत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झाैता अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत पाउनेछन् ।
    अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्