News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा पार्क बनाउन आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७८
    ४७२ पटक
    १६ फागुन, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्क निर्माण गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ ।
    बैंकले मध्यपुर ठिमी न।पा। वडा नं।१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न आर्थिक सहयोग गरेको हो । बैंकले सोमबार मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तानतरण गरेको छ ।
    उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख वसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
    डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट नि: शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्