News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा बर्दिबासकाे जयनगरमा

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७८
    ८७० पटक
    १२ फागुन, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दबासको जयनगर (मगरागढी)मा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो ।
    योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ ।
    जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
    सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बन्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्