काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आजदेखि निष्काशन गरेको प्राथमिक शेयरमा ६ लाख ७५ हजार ७६९ जनाले आवेदन दिएका छन् । उनिहरुले ८० लाख २७ हजार ३४० कित्ताको लागि आवेदन दिएका हुन् ।
संस्थाले सर्वसाधारण समुहको ८ लाख २८ हजार ७५० कित्ता प्राथमिक शेयर यहि फागुन १५ गतेसम्म बिक्री खुला गर्नेछ । सर्वसाधारण समुहको उक्त शेयर मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँट गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
सर्वसाधारणले प्रति कित्ता १०० रुपैयाँको दरमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । अहिलेसम्मको आइपिओमा देखिएको आकर्षणलाई हेर्दा अधिकतम २० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने देखिदैन । संस्थाको आइपिओ ७७ हजार ४५० जनाले १०/१० कित्ता पाउने छन् भने उनिहरु मध्येकै भाग्यशाली ६ जनाले थप एक कित्ता पाउने छन् । यस हिसावले अधिकतम २० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने देखिदैन । नियम अनुसार आवेदन दिदा १० ले भाग जाने संख्यामा आवेदन दिनु पर्ने भएकाले २० कित्ताको लागि दिनु परेको हो ।
लगानीकर्ताले सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
सर्वसाधारण समुहको शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्ने छ । जस मध्ये संस्थापम समुह तर्फ ६७.५० प्रतिशत र सर्वसाधारण समुह तर्फ ३२.५० प्रतिशत हिस्सा हुनेछ । संस्थाको प्रमुख शेयरधनीहरुमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, प्रभु बैंक रहेका छन् ।
पर्वत कुश्मामा केन्द्रिय कार्यालय रहेको नेष्डोको ५६ वटा शाखा कार्यालय रहेका छन् । संस्थाको प्रतिशेयर नेटवर्थ ३५२ रुपैयाँ रहेको छ । पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार भने २६० रुपैयाँ रहेको छ । हाल प्रतिशेयर आम्दानी ९४ रुपैयाँ रहेको छ ।
नेष्डो समृद्ध लघुवित्तको आइपिओमा पहिलो दिनमै ६ लाख ७५ हजारको आवेदन
आर्थीकसंसार संवाददाता११ फागुन, २०७८
११ फागुन, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता