News Portal

  • राष्ट्र उत्थान लघुवित्तको आइपिओमा ३८.३० गुणा बढि माग

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    ७१४ पटक
    ८ फागुन, २०७८
    संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
    संस्थाको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
    प्रतिकृया दिनुहोस्