आर्थीकसंसार संवाददाता५ फागुन, २०७८
५ फागुन, २०७८काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले गत वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फागुन ५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ ।
संस्थाले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि ७.३७ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।