काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
यस कम्पनीले चालु आ.व. २०७८।७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । थप २ शाखा ठमेल काठमाडौं, टोखा काठमाडौं र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असर ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७÷०७८ मा कुल बीमा शुल्क रु. १.३१ अर्ब आर्जन गरेको, खुद नाफा रु. १०.२० करोड रहेको र बीमा कोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८% खुद नाफामा ६०.३३%, एवं बीमाकोषमा ७९.८२ % ले वृद्धि हासिल गर्न सफल भएको छ ।
आज सम्पन्न भएको कम्पनीको चौथो वार्षिक साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयहरु पारित गरेको छ ।
(क) सामान्य प्रस्तावहरु:
१) संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७७।०७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरियो ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित गरियो ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७८।०७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा श्री मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरियो ।
अजोड ईन्स्योरेन्स लिमिटेडका चौथो वार्षिक साधारण सभा सम्पन्न
आर्थीकसंसार संवाददाता६ फागुन, २०७८
६ फागुन, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न