News Portal

  • एनएमबि बैंकले ७७.५ मेगावाटको रेमिट हाइड्रोमा लगानी गर्ने

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७८
    ७९७ पटक
    ४ फागुन, २०७८

    काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा दुई कम्पनीबीच हस्ताक्षर भएको हो ।
    जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्घित आयोजना हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ ।
    एनएमबि बैंकले समझदारीपत्रमा हस्ताक्षरपश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सहवित्तीयकरण गठन गरी आयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ ।
    घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने जनाइएको छ । बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
    नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोनमेन्टल एण्ड सोसियल रिक्स म्यानेजमेन्ट, २०२२ को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्