News Portal

  • ग्लोबल बैंकको ५०औं एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७८
    ५५० पटक
    ३ फागुन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
    बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
    बैंकको ५०औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका थिए ।
    ग्लोबल बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्