News Portal

  • एभरेष्ट बैंकको नयाँ शाखा लुम्बिनीको ५ स्थानमा सञ्चालन

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७८
    ७४४ पटक
    ३ फागुन, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले लुम्बिनीको स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लुम्बिनीको खैरेनी, योगिकुटि, मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
    सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षबाट संयुक्त गरेका थिए । यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११० शाखा संजाल, प्रादेशिक कार्यालय, १४३ एटिएमसहित बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्