News Portal

  • महालक्ष्मी लाइफले आइपीओ निष्काशन गर्न नियुक्त गर्यो विक्री प्रबन्धक

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७८
    ११७१ पटक
    २ फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर( आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।
    कम्पनीले जसका लागि विक्री प्रबन्धकमा सानिमा क्यापिटललाइ नियुक्त गरेको छ । सम्झौतापत्रमा आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्