News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको १०८औं शाखा चौरजहारी बजारमा

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७८
    ८५१ पटक
    २ फागुन, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चौरजहारी नगरपालिका–२, रुकुम (पश्चिम)मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सोमवार सो शाखा सञ्चालनमा ल्याएको हो ।
    चौरजहारी शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ । आजको यस शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माबाट भएको हो ।
    सांग्रिला बैंकले आफ्ना ग्राहक वर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

    प्रतिकृया दिनुहोस्