News Portal

  • मेगा बैंकको चार जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७८
    ६४७ पटक
    २ फागुन, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले बैंकिङ सेवा नपुगेका चार जिल्लाको पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
    मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका–३, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–५, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका–८ र कृष्णपुर नगरपालिका–२ बाङकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
    शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्नेलगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्