News Portal

  • नेशनल हाइड्रोपावरको पहिलो पटक लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७८
    ९८१ पटक
    २ फागुन, २०७८

    काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले इतिहासमै पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको १९.५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १८.५२५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९.५ प्रतिशत लाभांश दिने भएको हो ।
    कम्पनीले बोनस शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त बोनश शेयर तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि फागुन ३० गते वार्षिक साधारणसभा बोलाएको छ ।

    प्रतिकृया दिनुहोस्