News Portal

  • ४८ हजार ७ सय ९० जनाले पाए जाल्पा सामुदायिक लघुवित्तको आईपीओ

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
    १०२३ पटक
    १ फागुन, २०७८

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाको प्राथमिक शेयर भाग्यमानी ४८ हजार ७९० जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । प्राथमिक शेयरका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये बाँडफाँडका लागि २५ लाख ८७ हजार ४१२ जना मात्रै योग्य थिए ।
    संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता शेयर बाँडफाँड गरेको हो । यस मध्ये ८ हजार कित्ता कर्मचारीहरुले प्राप्त गरेका छन् । त्यस्तै २६ हजार १०० कित्ता सामुहिक लगानी कोष म्युचुअल फण्डले प्राप्त गरेका छन् ।
    उनिहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर ४८ हजार ७९० जनाले १०/१० कित्ताले प्राप्त गरेका हुन् । प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले लक्की ड्र मार्फत उनिहरुलाई छनोट गरेको हो । प्राथमिक शेयरको नतिजा दुई घण्टा पछि सिडिएससीको वेवसाइटबाट हेर्न सकिन्छ । संस्थाले माघ २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्