काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाशिक अवधिमा कम्पनीको मुनाफा ६९ प्रतिशतले घटेर १३ करोड चार लाख रुपैयाँमा सिमित भएको छ । जवकी गत वर्षको यहि अवधिमा ४२ करोड ९७ लाख रुपैयाँ थियो । कम्पनीका अनुसार गत वर्ष २५ करोड रुपैयाँ राइट व्याक हुँदा मुनाफा धेरै देखिएको थियो । यसले गर्दा यस वर्ष मुनाफामा धेरै गिरावट जस्तो देखिए पनि यो वास्तविक मुनाफा भएको कम्पनीको तर्क रहेको छ ।
खुद बीमा शुल्क आर्जन तर्फ भने सामान्य सुधार देखिन्छ । कम्पनीले ६ महिनाको अवधिमा १८ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने १७ अर्ब ८ करोड रुपैयाँ थियो ।
बीमा शुल्क आर्जनमा खासै सुधार नहुँदा अभिकर्ताले प्राप्त गर्ने कमिशन भने घटेको छ । अभिकर्ताले पाउदै आएको कमिशन घटाउने नीति लिए सँगै यस वर्ष कमिशन खर्च घटेको हो । गत वर्ष एक अर्ब ९२ करोड रुपैयाँ खर्च भएकोमा यस वर्ष जम्मा एक अर्ब ८४ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।
कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ । गत वर्ष ५ अर्ब ५६ करोड रुपैयाँको दाबी भुक्तानी भएकोम यस वर्ष बढेर ७ अर्ब ३० करोड रुपैयाँ नाघेको छ ।
नेपाल लाइफको जीवन बीमालेख पहिलो त्रैमाशिक अवधिको भन्दा केहि घटेको छ । पहिलो त्रैमाशिक अवधिमा जारी बीमालेखको संख्या १३ लाख ९३ हजार २५८ वटा थियो तर दोस्रो त्रैमाशिक अवधिमा १३ लाख ८६ हजार ५५ वटा मात्रै छ ।
मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी तीन रुपैयाँमा सिमित भएको छ । यो मुनाफा बास्तविक मुनाफा होइन । जीवन बीमा कोषबाट प्राप्त आम्दानीलाई नजोडिने भएकाले अहिले धेरै कम देखिन्छ । यो एक्चुरियल मूल्याङ्कन पछि मात्रै यथार्थ थाहा हुन आउछ । तर अहिलेको घटेको देखिनु भन्नुको मतलब समग्रतामा भोलिका दिनमा पनि घट्ने संकेत भने देखिएको छ ।
कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा कोषमा एक अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा भने एक खर्ब २४ अर्ब रुपैयाँ जम्मा गर्न सफल भएको छ । यो जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक ठुलो कोष हो ।
नेपाल लाइफको खुद बीमा शुल्क आर्जन १८ अर्ब ११ करोड
आर्थीकसंसार संवाददाता २९ माघ, २०७८
२९ माघ, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट