काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खुद बीमा शुल्क आर्जन ६४.६३ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब रुपैया आर्जन गरेको छ । जवकी गत वर्षको यही अवधिमा जम्मा ६० करोड ९९ लाख रुपैयाँ थियो ।
दाबी भुक्तानीमा पनि उल्लेख बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा ९ करोड ५५ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ भने गत वर्षको यहि अवधिमा एक करोड १३ लाख रुपैयाँ मात्रै थियो ।
कम्पनीको मुनाफामा भने २३.४२ प्रतिशतले गिरावट आएको छ । पुस मसान्तसम्ममा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड ८ लाख रुपैयाँ थियो । बीमा शुल्क आर्जनमा भएको बृद्धि सँगै अभिकर्ता कमिशनमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले अभिकर्ताहरुलाई १७ करोड ६६ लाख रुपैयाँ खर्चिएको छ । गत वर्ष यस्तो कमिशन ९ करोड ९५ लाख रुपैयाँ मात्रै थियो । कम्पनीले हालसम्म ४ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
व्यवसायम बृद्धि सँगै जीवन बीमा कोष ८० प्रतिशतले बढेको छ । यस्तो कोषमा २ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ९९ लाख रुपैयाँ जम्मा भएको छ ।
प्रभु लाइफको खुद बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार
आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
२८ माघ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न