News Portal

  • सिटिजन्सको शाखारहित बैंकिङ्ग सेवा पूर्व रुकुमको महतमा

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
    १००२ पटक
    २८ माघ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पूर्व रुकुम जिल्लाको भूमे गाउँपालिकाको महतमा ९२औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
    बैंकले दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
    सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी धनबहादुर ओलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
    यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्