News Portal

  • लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७८
    ९२४ पटक
    २७ माघ, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १४१औं शाखा काठमाडौं महानगरपालिका–२९ को डिल्ल्लीबजारमा संञ्चालनमा ल्याएको छ ।
    डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
    यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
    सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्