News Portal

  • ज्योति बैंकको शम्सेरगंज स्वास्थ्य चौकी र पशुपति भण्डारेश्वरलाई सहयोग

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७८
    ५५४ पटक
    २६ माघ, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत कोहलपुर नगरपालिका–१५, बाँकेस्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ ।
    शम्सेरगंज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक श्री रेकम बहादुर के।सी। द्वारा कोहलपुर नगरपालिका–१५–(बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
    यसका साथै बैंकले काठमाडौंस्थित पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको कृया पुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलिपराज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कँंडेलले संयुक्त रुपमा पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्याँस गिजरहरू हस्तान्तरण गर्नुभएको हो ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ । ज्योति विकास बैंकले हाल १०९ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्