काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मिति २०७८ माघ २०, २१ र २२ गते कास्की जिल्लाको पोखरा मा आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समिक्षा बैठक तथा धितो मूल्यांकन तथा जोखिम व्यवस्थापन तालिम वित्तीय संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै वित्तीय संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले वित्तीय संस्थामा भइरहेका गतिविधिहरुको मूल्याङ्ककन, समीक्षा गर्दै आगामी रणनीतिहरु तय गर्नुपर्ने र संस्थामा देखिन सक्ने हरेक प्रकृतिका जोखिमहरुको न्यूनिकरणका विषयमा समेत समीक्षा बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
अर्धवार्षिक समीक्षा बैठक कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत गरेका थिए ।
अर्धवार्षिक समीक्षा बैठकसँगै संस्थाले शाखा प्रमुखहरुको क्षमता अभिवृद्धिका लागि धितो मूल्याङ्कन तथा जोखिम व्यवस्थापनसँगसम्बन्धी तालिम पनि आयोजना गरेको थियो जसको सहजीकरण लेखनाथ दाहाल र खगेन्द्र तिमिल्सेनाले गरेका थिए ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य रेवन्तबहादुर विश्वकर्मा, नरेन्द्र कंडेल, गोकर्णबहादुर कार्की क्षेत्री, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेललगायतले आ–आफ्नो महत्वपूर्ण सुझावहरु राखेका थिए ।
जनउत्थानको अर्धवार्षिक समीक्षा बैठक तथा धितो मूल्याङ्कन तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
२५ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन