News Portal

  • स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
    ९५६ पटक
    २५ माघ, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडवीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
    सोमबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो ।
    नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पु¥याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
    यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंकवीच SCT-UPT Debit Card, SMARTQR, SCT-nPay जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce  जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस्