काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको मुनाफा २७.४२ प्रतिशलते बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २३ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले गत वर्षको यही अवधिमा १८ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
संस्थाले समीक्षा अवधिमा खुद व्याज आम्दानी २०.६६ प्रतिशतले बढाएर ७६ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो त्रैमाशिक अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँ बरोइङ तथा ११ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
खराव कर्जामा ह्वातै बृद्धि भएको छ । पुस मसान्तसम्ममा संस्थाको खराव कर्जा ७.२६ प्रतिशत रहेको छ । गत वर्षको यही अवधिमा ४.०२ प्रतिशत थियो ।
संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ८० करोड रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ३१ रुपैयाँ रहेको छ ।
स्वाबलम्बन लघुवित्तको मुनाफा २७ प्रतिशतले बढ्यो
आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
२४ माघ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक