काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो ।
आज आयोजित एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सो टायर सार्वजनिक गरे । सो अवसरमा अध्यक्ष सिंहले भने, ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ । गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’
डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भने, ‘हामीले नेपाली ग्राहकको चाहनाअनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध गराउँदै आएका छौं । यसैको निरन्तरताको रुपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं ।’ उनले यो ब्रान्ड नेपाली बजारमा रुचाइने अपेक्षा समेत गरे ।
यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ । भारतको प्रतिष्ठित महंसरिया परिवारद्वारा सञ्चालित यो तेस्रो उद्यम हो । बाबुछोरा अशोक महंसरिया र योगेश महंसरियाको ज्ञान, अनुभव र सफल ट्रयाक रेकर्ड यसमा प्रयोग भएको छ । तीन दशक भन्दा लामो समय देखि उनीहरुले विश्वमै लोकप्रिय अन्य दुई टायर ब्रान्ड समेत उपलब्ध गराइसकेका छन् ।
भारतको गुजरातस्थित पनौलीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।
नेपाली बजारमा भित्रियो नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का ओटीआर टायर
आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
२४ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन