News Portal

  • स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    १२८९ पटक
    २१ माघ, २०७८

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँड गरेको छ । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्री खुला गरेको थियो ।
    तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी माघ २० गते निष्काशन कम्पनी तथा विक्री प्रबन्धकको रोहबरमा खोली ५ हजार ८१० कित्ता शेयर बाँडफाँड गरेको जनाएको छ । शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
    यस शेयरको शेयरको अंकित मूल्य न्यूनतम ६५० रुपैयाँ तोकिएको थियो । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।

    प्रतिकृया दिनुहोस्