News Portal

  • आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आइपीओ विक्री खुला

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७८
    ११२८ पटक
    २१ माघ, २०७८

    काठमाडौं । आज शुक्रबार माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले १ सय रुपैयाँ अङ्कित दरमा ५ लाख २२ हजार कित्ता साधारण शेयर विक्री गर्दैछ । जसमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सर्वासाधारणलाई विक्री गर्दैछ।
    यस आईपीओमा सर्वासाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० हजार कित्ताका लागि आवेदन दिन छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ४८ हजार ७९० जना लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् ।
    यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २२ लाख भन्दा माथिले आवेदन दिने अनुमान गर्न सकिन्छ त्यसैले जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।
    आईपीओ माघ २१ गते देखि माघ २५ गते सम्म खुल्ने छ । माघ २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि माघ २५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा फागुन ६ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

    प्रतिकृया दिनुहोस्