News Portal

  • सानिमा बैंकको थप तीन शाखा कार्यालय विस्तार

    आर्थीकसंसार संवाददाता२० माघ, २०७८
    ९७८ पटक
    २० माघ, २०७८

    काठमाडौं । सानिमा बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरिन् ।
    त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखा उद्घाटन बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की र गोदावरी नगरपालिका–१ अत्तरियास्थित अत्तरिया शाखा उद्घाटन गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउद एवं उद्योग वाणिज्य संघ अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रूपमा गरेका हुन् ।
    उद्घाटन अवसरमा पुन, कार्की, साउद र अध्यक्ष देवकोटाले बैंकलाई कोभिड–१९ जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपाय अपनाएर व्यवस्थित गरेकामा धन्यवाद दिए ।
    बैंकले हालसम्म १२२ शाखा र १०२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्