News Portal

  • मुक्तिनाथ विकास बैंक ग्राहकलाई होटेल ड्यानडलियनमा छुट

    आर्थीकसंसार संवाददाता२० माघ, २०७८
    ८०१ पटक
    २० माघ, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्यानडलियनसँग व्यवसायिक सम्झौता गरेको छ ।
    सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले होटेल ड्यानडलियनका सेवाहरु जस्तै बेड र ब्रेकफास्ट, रेस्टुरेन्टजस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिन बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
    त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदिजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्