News Portal

  • गुराँस लघुवित्तको नाफा ३३ प्रतिशतले घट्यो

    आर्थीकसंसार संवाददाता १९ माघ, २०७८
    ८२२ पटक
    १९ माघ, २०७८

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको मुनाफा ३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७३ लाख ८९ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । जवकी गत वर्षको यहि अवधिमा संस्थाको मुनाफा एक करोड ३८ लाख रुपैयाँ थियो ।
    संस्थाले ८४ करोड १० लाख रुपैयाँ बरोइङ तथा सर्वसाधारण निक्षेपकर्ता सँग २४ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । खुद व्याज आम्दानी तीन करोड ५१ लाख रुपैयाँ रहेता पनि कर्मचारी खर्च तथा प्रोभिजनिका कारण सञ्चालन मुनाफामा भारि गिरावट आउदा नाफा घटेको हो ।
    प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको संस्थाको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ७६ लाख रुपैयाँ जम्मा भएको छ ।

    प्रतिकृया दिनुहोस्