News Portal

  • अजोड इन्स्योरेन्सको मुनाफा १४ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७८
    ११८४ पटक
    १८ माघ, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा १३.९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा चार करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जबकी गत वर्षको यही अवधिमा कम्पनीले चार करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
    अजोडले कुल बीमा शुल्क आर्जन १६.०९ प्रतिशतले सुधार गर्न सफल भएको छ भने कुल बीमा शुल्क आर्जन ९.१४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ७९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन भने २२ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
    कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै बीमा कोषमा १३ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ । यस वर्ष कम्पनीले पुनर्बीमा कमिशन बापत ३१ प्रतिशतले आम्दानी बढाएको छ । यस्तो आम्दानी ११ करोड ४० लाख रुपैयाँ रहेको छ ।
    कम्पनीले आफुसँग भएको स्रोत विभिन्न ठाउँमा लगानी गरेर व्याज आम्दानी मात्रै २ करोड एक लाख रुपैयाँ रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक लाख ७४ हजार वटा पोलिसी बिक्री गर्न सफल भएको छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्