काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ५० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ४३ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड १७ लाख ६० हजार रुपैयाँ सञ्चित रहेको छ
समीक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ६० दशमलव ४० प्रतिशतले बढेको छ । यस अवधिमा संस्थाले १४ करोड ४९ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ८६ लाख ३७ हजार रूपैयाँ रहेको थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा घटेको छ । यस अवधिमा संस्थाले ३ करोड ८१ लाख २ हजार रूपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत वर्ष संस्थाले ६ करोड ५२ लाख १७ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो ।
समिक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा रहेको छ । यस अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ ।
महिला लघुवित्तको नाफा ५०% ले बढ्यो
आर्थीकसंसार संवाददाता१६ माघ, २०७८
१६ माघ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर