News Portal

  • जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धनका दलहरु सहमत

    आर्थीकसंसार संवाददाता १५ माघ, २०७८
    ८६९ पटक
    १५ माघ, २०७८

    काठमाडौं । राष्ट्रपति, निर्वाचन आयोग र एमालेको दबाबपछि सत्तारुढ गठबन्धन आगामी जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिले दिएको पत्रको समेत समिक्षा गर्दै जेठ मसान्त भित्र निर्वाचन गराउन सरकारलाई सुझाव दिने निर्णय भएको हो ।
    निर्वाचनका लागि आवस्यक कानुन संसोधन गर्नु पर्ने भएमा गर्न पनि सुझाव दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्