काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो ।
योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो ।
श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ ।
श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ । थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए ।
श्री एयरलाइन्सले सेवा र क्षमता बढाउँदै, एक जहाज थप्याे
आर्थीकसंसार संवाददाता१५ माघ, २०७८
१५ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?