काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्क मार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी सुरु गरेको छ । जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी दुवै मोडलका जावा बाईकहरु बुकिङ्ग गर्न सक्नेछन् ।
जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथैकार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ।
बिएस–फोर कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राईडको अनुभव प्रदान गर्दछ । यस प्रविधिले मोटरसाइकलहरुमा विशिष्ट दोहोरा विशेषताहरू –समान शक्ति र टर्क फिगरहरू कायम राख्ने र उच्च बीएस–सिक्स प्रदूषण मापदण्डहरू पूरा गर्ने गर्दछ।
विश्वको पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त जावामा भर्खरै राखिएको ल्याम्ब्डा सेन्सरले आन्तरिक र बाह्य पक्षहरुलाई अझ प्रभावकारी रूपमा निगरानी गर्दछ, जसको परिणामस्वरूप निरन्तर कार्यकुशलता र ड्राइभिङ अवस्थाहरूबाट स्वतन्त्र उत्सर्जन हुने गर्दछ । त्यसैगरी, सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वकराम्रो ईन्धनको माध्यमबाटप्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ ।
सिटलाई नयाँ सिट प्यानका साथै लामो दूरीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । कस्मेटिक डिपार्टमेन्टमा, क्रोम प्लेटिङ अब उद्योगको मापदण्डको साढे दुई गुणा मूल्याङ्कन गरिएको कठोर परीक्षणको समर्थनमा आउँछ । दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबीएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्दछन् र साथै आफ्ना प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गर्दछन् ।
यससँगै, जावा बाइकका हुडमुनि हर्नको टोनदेखि लिएर स्लिकर गियरबक्ससम्म पनि धेरै सुधारहरू गसिएको छ ।
जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपालमा पनि
आर्थीकसंसार संवाददाता१५ माघ २०७८
१५ माघ २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन