News Portal

  • बैंक अफ काठमाण्डूले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्री गर्दै

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    ९८८ पटक
    १४ माघ, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।
    उक्त शेयरको मुल्य प्रतिकित्ता २१० ्रुपैयाँ तोकेको छ । शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
    बैंकका अनुसार विद्यमान संस्थापकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।
    बैंकले तोको ३५ दिनभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्