News Portal

  • ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ल्यायो रेड्मी नोट ११ नेपाली बजार

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    ९२२ पटक
    १४ माघ, २०७८

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र SoC मा शक्तिशाली अपग्रेडहरू ल्याउँदै फ्ल्यागशिप फोनलाइ सबैको पहुँचमा पुर्याउने उद्देश्यले आजदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ । रु २२,९९९ को आकर्षक मुल्यमा उपलब्ध यो फोनले फ्ल्यागशिप फोनलाई अझै सबैको पहुँचमा पुर्याएको छ ।
    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौं । जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ । भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ , जसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई टु गेम चेन्जर बनाएको छ । यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौं, जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ । फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।”
    फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मि नोट ११maa  50 MP मेन क्यामेरा, 8MP अल्ट्रा–वाइड क्यामेरा, 2 MP म्याक्रो क्यामेरा र 2MP डेप्थ क्यामेरा सहित आएको छ जसले तपाईंलाई आफ्नो अमुल्य क्षणहरू उच्च रिजोल्युसनमा खिच्न र शेयर गर्न सजिलो बनाएको छ । ११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपिको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।
    120Hz सम्मको उच्च रिफ्रेस रेट र 360Hz सम्मको टच स्याम्प्लिङ् रेट सहितको Redmi Note 11 ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ तपाइँको स्क्रिन अनुभवलाई अझ राम्रो बनाउँछ। र अझ यसको फिङर टच त झनै प्रेसाइज छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा FHD± AMOLED डट डिस्प्लेले DCI–P3 वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिन साइज भएको नोट ११ मा FHD± AMOLED डट डिस्प्लेले DCI–P3 वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, र ज्ञद्दण्ण् लष्त पय खखखख भि नबचमबब चहकिलो उज्यालोमा पनि राम्रोसँग स्क्रिन हेर्न सकिन्छ
    फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ। साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिन्छ ।
    फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।

    रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८बाट उपलब्ध हुनेछ।
    ४ जीबी + ६४ जीबी भेरियन्त रु २२,९९९
    ४ जीबी + १२८ जीबी भेरियन्त रु २४,९९९
    ६ जीबी + १२८जीबी भेरियन्त रु २६,९९९

    प्रतिकृया दिनुहोस्