News Portal

  • सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    १०१२ पटक
    १३ माघ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनी मिलन थापाको नाममा रहेको उक्त शेयर विक्री गर्न लगोको जनाएको छ ।
    उक्त शेयरको मूल्य प्रतिकित्ता १४३ रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यस सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न आग्रह गरेको छ ।
    उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्