News Portal

  • कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ८६७ पटक
    १३ माघ, २०७८

    काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
    उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीका बीच कालिन्चोक दर्शन लिमिटेड, गौशाला, काठमाडौंमा मिति २०७८ माघ १३ गते द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ ।

    प्रतिकृया दिनुहोस्