News Portal

  • सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर सिनामंगलमा

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ७६३ पटक
    १२ माघ, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले माघ १२ गते बुधवार काठमाडौंस्थित सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
    बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
    बैंकले सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्