काठमाडौं । मंगलबार एकैदिन साढे ३ अर्बले सेयर कारोबार घटेको छ । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार ३ अर्ब ४९ करोड रुपैयाँले घटेको हो ।
सोमबार ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने ५ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार कारोबार रकमसँगै कारोबार कित्ता पनि घटेको छ । सोमबार १ करोड ७० लाख कित्ता किनबेच भएको बजारमा मंगलबार ९७ लाख ८४ हजार ६५१ कित्ता मात्रै सेयर खरिद बिक्री भएको छ ।
कारोबार घटेको बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको एकैदिन २६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १३२२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र एनआईसी एशिया बैंक रहेका छन् । यी दुई कम्पनीको क्रमशः २२ करोड ८२ लाख र १९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०६ रुपैयाँ पुगेको छ । त्यस्तै, बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२१.१० रुपैयाँ पुगेको छ ।
समग्रमा नेप्से परिसूचक ५.५९ अंकले घटेर २८१५.०६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले घटी हो ।
बजारमा जीवन बीमा समूहबाहेक बाँकी समूह राताम्मे छन् । जीवन बीमा समूह भने ७२.१६ अंकले उकालो लागेको छ ।
मंगलबार सबैभन्दा बढी कृषि विकास बैंकको ऋणपत्रको भाउ घटेको छ । बैंकको ‘१०.३५ प्रतिशत कृषि बैंक ऋणपत्र २०८३’ को भाउ ८.३४ प्रतिशत अर्थात ९१ रुपैयाँले घटेर प्रति ऋणपत्र एक हजार रुपैयाँमा झरेको हो ।
एशियन लाइफको सर्वाधिक किनबेच
आर्थीकसंसार संवाददाता११ माघ, २०७८
११ माघ, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह