काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो ।
उक्त नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेखका विभिन्न अविधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो ।
इन्स्योरेन्सले सावधिक जीवन बीमालेखका बीमितिलाई न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४८ र २५ वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ ।
त्यस्तै, सावधिक तथा अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा पनि न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ निर्धारण गरिएको छ । जसमा ९ वर्षसम्म अर्थात १४ वर्ष अवधिसम्मकाले बराबर अर्थात ३० रुपैयाँ, १५ देखि १९ सम्मकाले ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मकाले ४८ र २५ वा सो भन्दा माथिकाले ७० रुपैयाँ बोनसदर पाउने छन् ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि न्यूनतम ३० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । जसमा ९ वर्षसम्मको अवधिकाले पाउने छैनन् भने त्यसमाथिकाले मात्रै पाउने छन् । १० देखि १४ वर्षको अवधिकाले प्रतिहजार ३०, १५ देखि १९ वर्ष अवधिकाले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ४८ रुपैयाँ र सो भन्दा माथिको बीमा अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ ।
यता वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनसदर पाउने भएका छन् । जुन सबै बीमा अवधिकाले बराबर पाउने भएका हुन् ।
नियामक निकाय बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६÷७७ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेसँगै इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जुन, समितिबाट अर्काे वर्षको बीमाङकीय मूल्याङ्कन स्वीकृत नभएसम्मका लागि कायम हुने इन्स्योरेन्सले जनाएको छ ।
आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने
आर्थीकसंसार संवाददाता१० माघ, २०७८
१० माघ, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह