News Portal

  • एनआईसी एशिया बैंकको लाभांश रद्द

    आर्थीकसंसार संवाददाता१० माघ, २०७८
    ६५८ पटक
    १० माघ, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश रद्द गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो ।
    माघ ९ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश अस्वीकृत गरेको हो । यससँगै बैंकले गत कार्तिक ८ गते प्रस्ताव गरेको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो ।
    उक्त निर्णयसँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश नपाउने भएका छन् । साथै, बैंकले यस निर्णयबाट सेयरधनीलगायत सम्पूर्ण सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

    प्रतिकृया दिनुहोस्