News Portal

  • ज्योति लाइफ इन्स्योरेन्सले बढायो बोनस सेयर

    आर्थीकसंसार संवाददाता९ माघ, २०७८
    ९५१ पटक
    ९ माघ, २०७८

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघिको प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो ।
    लाभांश परिमार्जन गरेसँगै इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित बोनसको तुलनामा बढी हो भने नगद घटी हो ।
    यसअघि कार्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
    इन्स्योरेन्सले नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै लाभांशमा परिमार्जन गरेको हो । उक्त लाभांश अब इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्