News Portal

  • कामना सेवा विकास बैंकको ढोरफिर्दी शाखा स्थानान्तरण

    आर्थीकसंसार संवाददाता९ माघ, २०७८
    ९३६ पटक
    ९ माघ, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकमहानुभावहरुको माग तथा सुविधालाई मध्यनजर गरी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा शाखा स्थानान्तरण गरेको छ ।
    २००७८ साल माघ ९ गतेको दिन यस बैंकका सञ्चालक चतुराखर अधिकारी देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत रुपमा समुद्घाटन सुसम्पन्न भएको छ ।
    सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल तथा एसएमएस बैंकिङजस्ता विभिन्न माध्यमहरुबाट समेत ग्राहकमहानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७० वटा एटिएम मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्