News Portal

  • महालक्ष्मी विकास बैंकको खुद नाफा ३२ प्रतिशतले बढ्यो

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    ६३९ पटक
    ७ माघ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।बैंकले गत आर्थिक बर्षको तुलनामा करिब ३२ प्रतिशतले खुद मुनाफा बढाएको छ। दोस्रो त्रैमासमा बैंकको खुद मुनाफा ३४ करोड ६८ लाखबाट बढेर ४५ करोड ६२ लाख पुगेको छ ।
    बैंकको वितरणयोग्य मुनाफा २७ करोड ५० लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन ४.८२ प्रतिशतले बढेर ४० अर्ब ४७ करोड पुगेको छ भने कर्जा लगानी १२.१८ प्रतिशतले बढेर ३३ अर्ब ७७ करोड पुगेको छ।
    यस अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ३४ करोड रहेको छ रिजर्भ तथा सरप्लसमा २ अर्ब ६२ करोड राखेको छ। बैंकको खराब कर्जा अनुपात ४.७९ प्रतिशतबाट २.८९ प्रतिशतले घटेको छ ।
    यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३० पैसा, नेट वर्थ प्रति सेयर १७८ रुपैयाँ ४ पैसा र मुल्य आम्दानी अनुपात १९.६० गुणा रहेको छ।

    प्रतिकृया दिनुहोस्