काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यहि माघ ०८ देखि २९ गते सम्म हरेक शनिबार बेलुकी ८ देखि ९ बजे सम्म काठमाण्डौ मेडिकल कलेजका डा. सुभाष पन्तसंग नोवेल कोरोना भाईरस (कोभिड १९) का विषयमा प्रत्यक्ष कुराकानी गर्ने व्यवस्था गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप यस्तो व्यवस्था गरेको जनाएको छ ।
यस कार्यक्रम मार्फत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई दिदी बहिनीहरुले यस महामारी रोग सम्बन्धि सावधानी, जोखिम, संक्रमण नियन्त्रणका उपायहरु, सावधानीका उपायहरु, खानपान लगायतका विषयहरुमा प्रत्यक्ष रुपमा सम्पर्क गर्न सक्नेछन् ।
कार्यक्रम भ्युचुअल माध्यम जुम आईडीबाट हुने छ भने कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत पनि प्रत्यक्ष लाइभ हुनेछ । जुममा जोडिन नसकेका व्यक्तिहरुले कम्पनीको आधिकारीक फेसबुक पेज मार्फत पनि आफनो जिज्ञासा राख्ने सक्ने कम्पनीले जनाएको छ।
कार्यक्रममा निम्न जुम आईडि मार्फत सम्पर्क गर्न सक्नु हुनेछ भने कम्पनीको फेसवुक पेज https://www.facebook.com/reliablelifeinsurancelimited मा पनि प्रत्यक्ष हेर्न सकिनेछ ।
रिलायबलले कोभिडको बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश कार्यक्रम संचालन गर्दै
आर्थीकसंसार संवाददाता७ माघ, २०७८
७ माघ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न