काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा यस अवधिमा बैंकको नाफा २५ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६४ करोड ४७ लाख २ हजार रुपैयाँ रहेको छ । १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८६ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ०९ प्रतिशतले बढेर २ अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २५ दशमलव ६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफा ९१% ले बढ्यो
आर्थीकसंसार संवाददाता७ माघ, २०७८
७ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने