News Portal

  • नेशनल माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    ९३० पटक
    ७ माघ, २०७८

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले धादिङको क्रिक रिसोर्टमा सभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनश शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु अनुसूचीहरुसमेत छलफल गरी पारित गरेको छ ।
    त्यस्तै, सभाले यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । हाल बहालवाला लेखापरीक्षक केएएस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पुनः नियुक्तिको लागि ग्राह्य हुनु हुने, प्रस्ताव पारित गरेको छ ।
    साथै सभाले यस वित्तीय संस्थाले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनको लागि आवश्यक भए समिति गठन गरी उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, प्रस्ताव पारित गरेको छ ।
    साथै, सभामा वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ ख र ग तथा नियमावलीको दफा ३२ ख मा आवश्यक संशोधन गर्नेसम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकताअनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्